नयाँ शक्तिका संयोजकले सिके राउतलाई भेटेको छैन् : देवकोटा

२९ चैत, काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सिके राउतलाई भेटेको भनी केही सञ्चार माध्यममा प्रकाशन भएको समाचारप्रति नयाँ शक्तिले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा डा. बाबुराम भट्टराईले सिके राउतलाई भेटेको भनी केही सञ्चार माध्यममा प्रकाशन भएको समाचार झूटो र कपोकल्पित रहेको उल्लेख छ ।

विज्ञप्तिमा नयाँ शक्ति नेपाल मधेसका समस्या समाधानका लागि वार्ता संवादको थालनी गर्नुपर्छ भन्ने मान्यतासहित अगाडि बढिरहेको सन्दर्भमा राष्ट्रिय एकता कायम गर्न नचाहने तत्वहरु यो वा त्यो बहानामा नयाँ शक्तिलाई बदनाम गर्न लागि परेकाले त्यसतर्फ सचेत रहन र निराधर, कपोलकल्पित समाचारबाट भ्रमित नहुन आह्वान गरेको छ ।

तपाइको मत