प्रधानमन्त्री ओलीलाई नयाँ शक्तिको ६ बुँदे सुझाव : पूर्वप्रधानमन्त्री भट्टराईको प्रस्ताव कार्यान्वयन गर्नु

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले ६ दिने भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई असर पर्ने गरी तत्कालीन वा दिर्घकालन महत्वका कुनै सन्धि सम्झौताहरु नगर्न ६ बुँदे सुझाव दिएको छ ।

Baburam

१. विगतमा दुवै मुलुकबीच भएका व्यापार र पारवहन सन्धिका उद्देश्यप्रति प्रतिबद्ध रहँदै व्यापारिक वस्तुको ढुवानीमा दुवै सरकारले कुनै अवरोध नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनु पर्ने ।

२. व्यापार घाटा कम गर्नका लागि निर्यात कुण्ठित गर्ने उद्देश्यबाट लगाइएका सबै गैरमहसुल अवरोधहरु हटाइनु पर्ने ।

३. समग्र दक्षिण एसियामै पर्यावरण सन्तुलन खलबलिएको र त्यसबाट प्राकृतिक र मानवीय विनासका दुरगामी परिणामहरु निम्तिएको अवस्थामा हिमपर्वतहरुको संरक्षण गर्नु यो क्षेत्रकै लागि अहं महत्वको बिषय हो । त्यस दिशामा लगानी गर्ने बिशेष दायित्व भारतको हो भन्ने प्रष्ट गर्ने ।

४. दुबै मुलुकबीच ऐतिहासिक, भाषिक, साँस्कृतिक र पारिवारिक सम्बन्धहरु छन् । तिनको महत्वलाई आत्मसात् गर्दै ती सम्बन्धलाई एक देशले अर्को देशमा रहेका खास समुदाय वा बासिन्दालाई निश्चित मुलका भनी पक्षपोषण वा पक्षपात नगर्ने अर्थमा मात्र लिइनुपर्छ भन्ने प्रष्ट गर्नु पर्ने ।

५. १९५० लगायतका दुई पक्षीय सन्धि सम्झौताहरुलाई दुबै देशका हितमा पुनरावलोकन गर्नको लागि तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको कार्यकालमा प्रस्ताव गरिएका विषयहरुलाई कार्यान्वयन गर्ने ।

६. नेपालको राष्ट्रिय हितलाई असर पर्ने गरी तत्कालीन वा दिर्घकालन महत्वका कुनै सन्धि सम्झौताहरु हुन नहुने ।

तपाइको मत