नयाँ शक्ति नेपालको सरदार ठगी गरेको आरोपमा पक्राउ !

२६ जेठ, इटहरी । नयाँ शक्ति नेपालको केन्द्रीय सदस्य मन्जु सरदार विभिन्न व्यक्तिलाई नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा  पक्राउ परेकी छिन् ।

Naya shakti Manju-Sardar

इटहरी ४ बस्ने तारा लिम्बुसँग प्रहरीमा जागिर लगाइदिन्छु भन्दै १ लाख ५० हजार रुपैयाँ रकम ठगी गरेको आरोपमा  नयाँ शक्ति नेपालको सरदारलाई इटहरीबाट इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

सरदारले लिम्बुबाट नाम निकाल्नु भन्दा अगाडी १ लाख र नाम निकालेपछि ५० हजार दिनु पर्छ भन्दै  रकम लिएको तर नाम निकाल्न नसकेपछि लिम्बुले आफनो रकम फिर्ता दिन आग्रह गर्दा सरदारले रकम फिर्ता गर्न आनाकानी गरेको पीडितको भनाई छ ।

यसैगरी सरदारले इटहरी ४ बस्ने लक्ष्मी लिम्बुबाट पनि ६० हजार रकम ठगेको इलाका प्रहरी कार्यालय इटहरीमा पीडितहरुले जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले सरदारलाई पक्राउ गरि ठगी सम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान थालेको जानकारी दिए ।

तपाइको मत