बिहीबार बबरमहलमा बसेको मधेसी मोर्चासहितको संघीय गठवन्धन र नयाँ शक्ति नेताहरुको बैठकमा संविधान संशोधनका लागि दबाव दिन भन्दै गठवन्धन र नयाँ शक्तिले कार्यगत एकता गर्न लागेका हुन् ।
उनीहरुले संविधान संशोधन विधेयकमा गरिने परिर्माजनबारे साझा धारणा बनाउने समझदारी समेत गरेका छन् ।