६ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का १ सय ५० जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै कूल संक्रमित संख्या १७ हजार ९९४ पुगेको छ ।
मन्त्रालयले हालसम्म १२ हजार ७ सय ७४ जना संक्रमित निको भई घर फर्किएको र ५ हजार ४ सय ७७ जना आइसोलेसनमा रहेको समेत बताएको छ ।