७ मंसिर ०८०, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त मुख्य न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानन्यायाधी श्रेष्ठले उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मंसिर ५ मा मुख्य न्यायाधीश सिफारिस भएका थिए ।