नवलपरासीमा बस दुर्घटना हुँदा ३२ यात्रु घाइते

५ असोज ०७५, कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

बिहीबार काठमाडौंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं. को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आर जे १४ जिसी ३८४९ नं. को भारतीय ट्रकसँग ठोक्किदा बसमा सवार ३२ यात्रु घाइते भएका हुन् ।

दुर्घटनाग्रस्त बस सडकदेखि ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम तथा सामान्य रहेको अस्पतालले जनाएको छ । भने मनकामना पोलिकिल्निक अरुणखोलामा उपचारत १९ मध्ये १५ जनाको डिस्चार्ज भएको छ भने बाँकी ४ जनाको सोही उपचार भइरहेका छ ।

बसमा ६० देखि ६५ यात्रु सवार रहेको अनुमान गरे पनि कति थिए भन्ने खुलेको छैन । दुर्घटनापछि केहीबेर राजमार्गको सवारी आवागमन प्रभावित भएको थियो ।

तपाइको मत