२१ पुस ०७६, काठमाडौं । नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवान घुससहित पक्राउ परेका छन् ।
जग्गा हाल साबिक गरि पुनः जग्गाधनी प्रमाणपुर्जा बनाइदिने आस्वासनमा सेवाग्राहीसँग पटक पटक घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोग, हेटौडाको टोलीले सर्वेक्षक पासवानलाई पचहत्तर हजार नगदसहित पक्राउ गरेको हो ।
आयोगका अनुसार उनलाई उक्त रकम लिदैगर्दाको अवस्थामा नापी कार्यालय अन्र्तगत २ नं. नापी टोलीको कार्यालय वीरगञ्ज, पर्साबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ
बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वनअधिकृत आनन्द प्रसाद साह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित सोमबार नियन्त्रणमा लिएको हो ।