१३ कार्तिक ०७५, सिरहा । नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरी दुई लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार चौधरीलाई सेवाग्राहीसँग दुई लाख घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो ।
१ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले एक वर्षदेखि रकमका लागि सेवाग्राहीसँग बार्गे्निङ्ग गर्दै आएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले सुनाए ।
सेवाग्राहीको सहयोगमा चौधरीलाई नियन्त्रणमा लिएको उपरीक्षक केसीले बताए ।