निकारागुआ तथा एल सालभाडोर प्रशान्त महासागरमा आएको भूकम्पले प्रभावित

काठमाडौं । मध्य अमेरिकी देश निकारागुआ तथा एल सालभाडोर प्रशान्त महासागरमा आएको ७ रेक्टर स्केलको भूकम्पले प्रभावित भएका छन् ।

‘प्यासिफक सुनामी वार्निङ सेन्टर’ले सुनामीको चेतावनी जारी गर्दै भूकम्पपछि भूकम्पको केन्द्रभन्दा तीन सय किलोमिटर टाढासम्म सुनामीको छाल आउने सक्ने जनाइएको छ ।

भूकम्पको केन्द्र एल सालाभाडोरबाट करिब १२० किलोमिटर पर रहेको छ । भूकम्पको झट्का निरागुआको राजधानी मनागुआमा पनि महसुस गरिएको थियो ।  अहिलेसम्म जनधनको क्षतिको विवरण नआएको बीबीसीले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार कोस्टारिकामा पनि तुफानको सम्भावना देखिएको भन्दै संकटकाल लगाइएको छ । र, तटीय क्षेत्रमा रहेका करिब चार हजार मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

तपाइको मत