निजगढ पुगे सत्ता गठबन्धन दलका प्रमुख नेता

१८ असार ०७९, पर्सा । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका प्रमुख नेता निजगढ पुगेका छन् ।

सर्वोच्च अदालतबाट निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भएका प्रक्रिया खारेज गरेपनि त्यहीँ विमानस्थल बन्नसक्ने बाटो खुला रहेको पूर्णपाठ बुधबार आएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु आज शनिबार निजगढ पुगेका हुन् ।

सर्वोच्च अदालतले १२ जेठमा निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सबै निर्णय खारेज गरेको थियो ।

सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँमा विमानस्थल बनाउन सक्ने गरी आदेश दिएको छ ।