निर्मला पन्तको हत्यारा र प्रमाण मेटाउनेमाथि कारबाही माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

२३ असोज ०७५, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक र अनुसन्धानका क्रममा प्रमाण मेटाउनेलाई कारबाहीको माग राखेर महेन्द्रनगरमा बृहत प्रदर्शन भएको छ ।

]स्थानीय मदन चोकमा निरन्तर धर्नामा बसेर आन्दोलनरत नागरिक संघर्ष समितिले मंगलबार महेन्द्रनगर बजारमा हत्यारा सार्वजनिक र अनुसन्धानका क्रममा प्रमाण मेटाउनेलाई कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् ।

स्थानीय मदन चोकबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने क्रममा अधिकारकर्मीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७५ दिन पुगिसक्दा पनि अहिलेसम्म हत्यारा पक्राउ नपरेको तथा अनुसन्धानका क्रममा प्रमाण मेटाउनेलाई कारबाही नभएकोे भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा केहीबेर नाराजुलस र प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टमार्फत समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

प्रदर्शनमा निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलगायत राजनीतिक दलका नेता कार्यकर्ता, अधिकारकर्मी, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाइको मत