निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न नयाँ समिति गठन

१५ पुस ०७९, काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि नयाँ समिति गठन भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान समिति गठन गरेको हो ।

गृहमन्त्रीको कार्यभार सम्हालेकै दिन लामिछानले निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।