२९ पुस ०७८, पोखरा । अखिल नेपाल निर्माण मजदुर संघ कास्कीको दशौं जिल्ला भेला ११ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
बिहीबार अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय महासचिव रमेश सिकेको प्रमुख आतिथ्यमा महासंघ कार्यालय पोखरामा सम्पन्न भेलाले हरिबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नेपालीको अध्यक्षता गठित नयाँ कार्यसमितिको उपाध्यक्ष अविर सुनार, सचिव डिलबहादुर गुरुङ, सहसचिव कलीकुमारी गुरुङ, कोषाध्यक्ष कल्पना परियार चुनिएका छन् । यस्तै सदस्यहरु रामबहादुर विक, बादल भित्रीकोटी, नानीबहादुर कार्की, भिमबहादुर बुढाथोकी रहेका छन् ।
यस्तै भेलाले महिला कमिटी संयोजक मिना सुनार, युवा कमिटी संयोजक बादल भित्रीकोटी र नगर कमिटी संयोजक बाबुरम विकलाई चयन गरेको छ ।
अन्टुफ गण्डकीका सचिव भोजराज खत्रीको विशेष आतिथ्य रहेको उक्त भेलामा दलबहादुर नाई, नारायण ढकाल, पूर्णबहादुर बुढाको आतिथ्य रहेको थियो । साथै, डिलबहादुर गुरुङले सञ्चालन गरेको उक्त भेलाको अध्यक्षता जमुना सेर्पाले गरेकी थिइन् ।