१७ भदौ ०७४, काठमाडौं । निर्वाचन आयोगले असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको तयारीलाई तीब्र पारेको छ ।
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन वहिष्कार गरेका राष्ट्रिय जनता पार्टी नेपालले समेत भाग लिने भएपछि आयोगले निर्वाचनको तयारीलाई तीब्र पारेको हो ।
त्यस्तै प्रदेश नम्बर २ मा निर्वाचन नहुने होकि भन्ने अन्यौलता राजपा नेपालले निर्वाचनमा भाग लिने घोषणा गरेसँगै हटेपछि राजनीतिक दलहरुले पनि आ–आफ्नो तयारी र प्रचारलाई तीब्र पारेका छन् ।
आयोगले २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेको २ नम्बर प्रदेशमा निर्वाचनस्थल तथा केन्द्रसमेत तय गरिसकेको छ ।
प्रदेश नम्बर २ को स्थानीय तहको अवस्था :