२३ चैत, काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहितका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेर ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले स्थानीय तह निर्वाचन ऐनको व्यवस्था विभेदकारी भएको भन्दै खारेजको माग गरेका छन् ।
नयाँ शक्ति पार्टीसहितका दलहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर दलीय चुनाव चिन्ह पाउनु पर्ने माग गरेका छन् ।
जवाफमा देउवाले अध्यादेश जारी गरेर भएपनि माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।