निर्वाचन सार्ने निर्णयमा कुनै समर्थन वा सल्लाह भएको छैन् – राजकिशोर यादव

२ असार ०७४, जनकपुर । पटक–पटक शीर्षतहमा स्थानीय तहको निर्वाचनबारे सरकार, सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपालबीच छलफल हुँदै आए पनि राजपाका नेता राजकिशोर यादवले निर्वाचन सार्ने निर्णयमा कुनै समर्थन वा सल्लाह नभएको बताएका छन् ।

उनले जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले आफूहरुसँग सल्लाह समेत नगरी प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्ने निर्णय लिएको बताए ।

राजपाको आन्दोलनलाई बिभाजन गर्न र चुनाव विरोधी शक्ति भनेर आरोपित गर्ने षडयन्त्रअनुसार सरकारले निर्वाचन सार्ने निर्णय गरेको आरोप लगाए ।

‘सरकारले हामीसँग चुनाव सार्ने निर्णयमा कुनै समर्थन वा सल्लाह मागेको छैन’ यादवले भने । साथै, उनले संविधान संशोधन नभई निर्वाचन जान नसकिने भन्ने आफ्नो अडानलाई दोहोर्‍याउन छुटाएनन् ।

तपाइको मत