निर्वाचन सार्ने सरकारको निर्णयको विरोधमा अनेरास्ववियूको प्रर्दशन

२ असार ०७४, काठमाडौं । एमालेनिकट अनेरास्ववियूले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सार्ने सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।

शुक्रबार बिहान अनेरास्ववियूले २ नम्बर प्रदेशको चुनाव असोज २ गते गर्ने सरकारको निर्णयको विरोध गर्दै काठमाडौंको प्रर्दशनीमार्गमा विरोध प्रर्दशन गरेको हो ।

त्यसक्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन समेत गरे ।

विरोध प्रर्दशनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले सरकारले देश विखण्डन गर्ने नियतका साथ प्रदेश नम्बर २ को निर्वाचन पछि सारेको भन्दै आक्रोश व्यक्त गरिन् ।

तपाइको मत