निलम्बित प्रधानन्यायाधीशमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य – नेकपा एमाले

१८ बैशाख ०७४, काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको छ । साथै, उसले भोलिसम्म फिर्ता लिन चेतावनी समेत दिएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव आएको बताए ।

चुनाव गराउनु पर्ने बेला सरकार नचाहिने बाटोमा हिडेको भन्दै ओलीले भने, ‘सरकारले भोलि नै प्रस्ताव फिर्ता लेओस् । यो कुनै पनि हालतमा मान्य छैन । यो बदनियतपूर्ण छ र सरकार बदनियत पूर्ण ढंगले चल्न मिल्दैन ।’

आईजीपी प्रकरणसहित मुद्दा प्रभावित पार्न हचुवाका भरमा महाअभियोग दर्ता भएको उनको दाबी छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश  भएका छन् ।

भोलि नेपाल प्रहरीको आईजीपी प्रकरणबारे पूर्ण इजलासमा सुनुवाई हुनेछ ।

तपाइको मत