नुवाकोटको घ्याङ्फेदीमा मिनी ट्रक दुर्घटना, १६ जनाको मृत्यु

२८ मंसिर ०७५, काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ समुद्रटारबाट शिखरबेंसी हुँदै सिसिपु जाँदै गरेकोे ३९१३ नम्बरको मिनीट्रक घ्याङ्फेदीमा दुर्घटनामा परेको हो ।

दुर्घटना १६ जनाको शव भेटिएको तर कसैको पनि सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । गाडी भीरबाट तल खोलामा खसेको थियो ।

स्थानीयका अनुसार ट्रकमा करिव ४० देखि ४५ यात्रु सवार थिए ।

तपाइको मत