नेकपाको कार्यदलसहितको सचिवालय बैठक बालुवाटारमा सुरु

९ फागुन ०७५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलसहितको सचिवालय बैठक बसेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत बनेको पार्टीको थाती एकता प्रक्रिया टुंगो लगाउन बिहीबार कार्यदलसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

एकताको बाँकी प्रक्रिया टुंगो लगाउन नेकपाले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको भए पनि अझैसम्म मूर्तरुप दिन नसकेकाले त्यसलाई टुंगो लगाउन कार्यदलसहितको सचिवालय बैठक बसेको प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

तपाइको मत