७ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बबरमहलस्थित कार्की व्याङ्क्वेट चलिरहेको छ ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा जारी केन्द्रीय समितिको बैठकमा दुई तिहाइ भन्दा बढी केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।
नेकपामा हाल ४ सय ४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ । नेकपाको बैठक स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३ सय १० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो संख्या कूल संख्याको दुई तिहाइ भन्दा बढी हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकस्थलमा राखिएको हस्ताक्षर पुस्तिकाअनुसार मौजुदा ४४६ केन्द्रीय सदस्य मध्ये ओली समूहमा १३६ जना मात्रै केन्द्रीय रहेको देखिन्छ ।
आजै बिहान बालुवाटारमा बसेको नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले मौजुदा केन्द्रीय कमिटीमा ५ सय ५६ जना सदस्य थप गर्ने गरी १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । सो समूहले आगामी मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।