माओवादी केन्द्र बनेपछि विप्लब माओवादीमा पहिरो जाँदै…

१२ जेठ, काठमाडौं । विभिन्न समयमा विभाजित माओवादी घटकहरु खारेज भई गत जेठ ६ गते नेकपा (माओवादी केन्द्र) बनेपछि विप्लब माओवादीमा पहिरो जानेक्रम जारी छ ।

विप्लब माओवादीबाट बसन्त घर्तीले विद्रोह गरी माओवादी केन्द्रमा सहभागिता जनाउँदै गर्दा तिलक परियार लगायतको टीम माओवादी केन्द्रमा आए । स्रोतका अनुसार माओवादी केन्द्रमा आउने क्रम रोकिने छैन् । केही समयपछि नै केही नेताहरु माओवादी केन्द्रमा आउँदैछन् ।

सबै माओवादी घटकहरुलाई नवसंशोधनवादी भन्दै एकीकृत जनक्रान्तिको नारा दिएर अवसरवादी मध्यम वर्गलाई साथमा लिएर संघर्ष गर्न भनी एमाओवादीबाट ड्यास माओवादी हुँदै आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरेर महासचिव बनेका नेत्रविक्रम चन्दको पार्टीभित्र नेकपा माओवादी केन्द्र गठन भएसँगै थप असन्तुष्टि चुलिएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा विप्लब माओवादीका एक केन्द्रीय नेताले हाकाहाकी डटकमसँगको कुराकानीका क्रममा भने, ‘विप्लबले एकीकृत क्रान्ति  भने पनि क्रान्ति–स्रान्ति केही गर्दैन्, त्यसैले अब केही दिनमा एउटा टीम माओवादी केन्द्रमा फर्कंदैछौं ।

बिप्लब माओवादीले जनप्रदर्शनमा सहभागी गराएको स्कुलका विद्यार्थीहरु रत्नपार्कस्थित आकाशेपुलको भ¥याङ्ग चढ्दै ।

बिप्लब माओवादीले जनप्रदर्शनमा सहभागी गराएको स्कुलका विद्यार्थीहरु रत्नपार्कस्थित आकाशेपुलको भ¥याङ्ग चढ्दै ।

विप्लबले खुलामञ्चामा विशाल कार्यक्रम गरेको बताए पनि ‘जेठ ७ गते खुलामञ्चको प्रदर्शनमा ललितपुरको ३ इट्टा भट्टाबाट प्रत्येक कामदारलाई एकदिनको ज्याला दिन्छु भनेर कार्यक्रममा लगिएको थियो’ ती नेताले आफ्नो परिचय गोप्य राख्न विशेष आग्रह गर्दै भने, ‘त्यतिमात्रै होइन् स्कुल व्यवस्थापनसँग समन्वय गरेर राजधानीका केही विद्यालयबाट समेत विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएको थियो ।’ उनको तर्क छ,  ‘यसरी पनि हुन्छ एकीकृत जनक्रान्ति ? ‘

यही जेठ ११ गते मात्रै पनि चितवन मेडिकल कलेजमा कार्यरत विप्लव माओवादीका ११९ जना मजदुरहरु नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन संघको घटक संघठन अखिल नेपाल स्वास्थ्य श्रमिक संगठनमा प्रवेश गरेका छन् ।

press-bigyepti

तपाइको मत