११ चैत, काठमाडौं । सरकारमा रहेका होस् वा नरहेका राजनीतिक दलका प्रमुख नेताहरु साथै राज्य-सत्तामा पहुँच रहेका व्यक्ति–विशेषले राज्यकोषबाट लाखौं होइन्, करोडौं रकम उपचारार्थ खर्च गरेको प्रमाणहरु जनताको माझ ताजै छन् । नेतालाई राज्यले करोडौं खर्च गर्छ तर मिर्गौला रोगी व्यक्तिले सरकारबाट कति सहयोग पाउँछ ?
यस विषयमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार सरकारले अस्पताललाई २ सय ८ पटक डायलासिस गर्न पाँच लाख रुपैयाँ, मिर्गौला प्रत्यारोपण खर्च २ लाख रुपैयाँ र औषधि खान १ लाख रुपैयाँ दिने गरेको छ । मिर्गौला रोगीको उपचारार्थ सरकारले रोगीलाई ८ लाख २० हजार रुपैयाँसम्म सहयोग गर्छ ।
डा. काफ्लेका अनुसार १ सय रुपैयाँ खर्च गरेर वर्षमा १ पटक रगतमा क्रियनिटिन र पिसाबमा प्रोटिनको अवस्था परीक्षण गर्ने हो भने मिर्गौलामा कुनै खराबी देखिए सावधानी अपनाएर जोगाउन सकिन्छ ।