४ मंसिर, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले नेपालको भूमि प्रयोग गर्ने अधिकार नेपालीलाई मात्रै भएको भन्दै नेपाली भूमिमा भारत र चीन विरोधीलाई रोक्नुपर्ने बताएका छन् ।
पश्चिमाञ्चल बस ब्यबसायी संघको २२ औं साधारणसभाको बुटवलमा उद्घाटन गर्दै खाँणले नेपालमा अबान्छित गतिबिधि हुन नदिन सम्बिन्धत अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।
मन्त्री खाँणले संविधान कार्यान्वयनमा सबै दल मिलेर कार्यान्वयनको पक्षमा उभिनु पर्ने बताए ।
उनले सम्बोधनका क्रममा नेपाली सेनाले गरिरहेको गतिविधिको उच्च प्रशंसा गरे भने नेपाल कसैको स्वार्थमा नचल्ने बताउँदै छिमेकी देशको शान्ति र समृद्धिको पक्षमा रहेको बताए ।