९ माघ, काठमाडौं । नेपालको हाइड्रोपावरमा बंगलादेशले लगानी गर्ने बताएको छ ।
बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले ढाकामा आयोजित नियमित पत्रकार भेटमा नेपालसँग एक महिनाभित्रै सम्झौता हुने बताउँदै नेपालमा उत्पादित विद्युत बंगलादेशसम्म लैजान भारतले आफ्नो भूमि प्रयोग गर्न दिने सहमति जनाएको समेत बताए ।
बंगलादेश सरकारले २०२१ सम्ममा सबै जनताको घरमा विद्युत पुर्याउने लक्ष्य लिएको छ ।













