नेपालगन्जमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि

३ असार ०७७, बाँके । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

दायाँ फोक्सोमा समस्या देखिएपछि गत जेठ ३० गते अस्पतालमा भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ की ४६ वर्षीया महिलाको सोमबार स्वाब संकलन गरिएको र सोही दिन बेलुका उनको मृत्यु भएको थियो ।

अस्पतालको आईसियुमा उपचाररत् ती महिलाको मंगलबार आएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको एक उच्च अधिकारीले बताएका छन् ।

ती महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । अस्पतालले यसबारे औपचारिक जानकारी दिएको छैन् ।