७ जेठ, काठमाडौं । नेपालको राजनीतिक गतिविधिमा संलग्न नहुन बेलायतले आफ्ना नागरिकलाई सचेत गराएको छ । मधेशी मोर्चाको आन्दोलनमा सहभागी भएका एक बेलायती नागरिकलाई जेठ २ गते नेपाल सरकारले सिंहदरबार घेराउ कार्यक्रममा पक्राउ गरेपछि बेलायतको विदेश मन्त्रालयले सचेत गराएको हो ।
बेलायतले शुक्रबार विज्ञप्ति निकालेर नेपालको आन्तरिक मामिला र राजनीतिक गतिबिधिमा सहभागी हुँदा नेपाल सरकारले देश निकाला, जरिवाना वा जेल सजाय दिन सक्ने चेतावनी दिँदै त्यसबाटै टाढै रहन सुझाव दिएको छ ।
विदेशी नागरिक नेपालको आन्तरिक तथा राजनीति गतिविधिमा चाँसो राख्न थालेपछि अध्यागमन विभागले ऐन परिमार्जन गरी यस्ता गतिविधि गर्नेलाई देश निकाला गर्ने, १० वर्षसम्म नेपाल आउन नपाउने र ५० हजार जरिवाना गर्ने नीति ल्याएको छ ।