नेपालले ‘वान बेल्ट वान रोड’ अवधारणामा गर्‍यो हस्ताक्षर

२९ बैशाख ०७४, काठमाडौं । नेपाल र चीनले परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् ।

शुक्रबार बिहान  परराष्ट्रमन्त्री महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताउँदै परराष्ट्रमन्त्री महतले रोड र रेल वे कनेन्टीभिटी नेपालका हाम्रा लागि महत्वपूर्ण रहेको बताए ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

चीनका हाइनान प्रान्तमा आयोजित बोआओ सम्मेलनमा सहभागी हुन गत चैत्र १० मा चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए ।

तपाइको मत