२० कार्तिक ०७५, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेकोसमितिको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको हो ।
त्यस्तै, नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्नेछ ।