नेपाली सेनालाई तुसारापानी-कोठाधार ट्रयाक निर्माणको जिम्मेवारी

१८ माघ ०७८, दार्चुला । नेपाली सेनालाई दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको ट्रयाक निर्माणको जिम्मेवारी दिइएको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडकखण्डको ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको हो ।

मन्त्रिपरिषद्को बैठकको मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।