नेपाल एफएममा नेपाल पत्रकार महासंघको कालो ब्यानर

१९ बैशाख ०७५, काठमाडौं । नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो ब्यानर टाँगेको छ ।

विश्वभर १२९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले नेपाल एफएममा कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै  कालो तुल टाँगेको हो ।

नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दवाव दिन आन्दोलनमा उत्रिएको महासचिव विष्टले बताए ।

महासचिव विष्टले विगतमा सञ्चार संस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बहानामा बन्द गर्न पाइन्न भन्ने रहे पनि अहिले सूचना पाउने अन्य धेरै माध्यम भएकाले तत्काल माग पूरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दीसम्म गर्न पछि नपर्ने बताए ।

तपाइको मत