महिला फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

भारतको सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको सेमिफाइनलमा नेपाल भारतसँग ३–१ गोलको अन्तरले बाहिरिएको  हो ।

भारतका लागि खेलको ४४ औं मिनेटमा कमला देबीले गोल गर्दै सुरुवाती अग्रता दिलाइन् । पहिलो हाफमा एक सून्यको अग्रता लिएको भारतले खेलको ५८ औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएकी थिइन् ।

खेलको ७५ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता २–१ मा झारिन् । तर, भारतका लागि ८३ औं मिनेटमा सस्मिता मल्लिकले गोल गर्दै भारतलाई ३–१ को जित दिलाइन् ।

तपाइको मत