नेपाल-भारत परियोजना अनुगमन संयन्त्रको बैठक राजधानीमा बस्दै

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला नेपाल र भारतबीच सहमति भएका परियोजना अघि बढाउन गठित परियोजना अनुगमन संयन्त्रको दुई पक्षीय बैठक मंगलबार राजधानीमा बस्दैछ ।

गत कात्तिकमा भएको दुई देशका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको  चौंथो बैठकले एक महिनाभित्र संयन्त्रको बैठक बस्ने निर्णय गरेको थियो ।

संयन्त्रको बैठकमा भारतीय पक्षको नेतृत्व भारतीय राजदूत रणजित राय र नेपाली पक्षको नेतृत्व पराराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् ।

संयन्त्रमा नेपालका तर्फबाट पराराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारीहरु सहभागी हुनेछन् । यसैगरी भारतका तर्फबाट भारतीय दूतावासका उपप्रमखु, आर्थिक मामिला हेर्ने अधिकारी, पुनर्निर्माण हेर्ने अधिकारीलगात सहभागी हुनेछन् ।

भारतले सन् २०१४ मा प्रदान गरेको सहुलियत ऋणबाट सञ्चालन हुने सडक, महाकाली पुल र सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयढार गर्ने, तराई सडकको पहिलो चरण शीध्रतासाथ पूरा गर्ने, केही परियोजनाका लागि सहुलियत पूर्ण ऋण उपलव्ध गराउने, , सीमापार रेल परियोजना शीघ्र सम्पन्न गर्ने सहमतिलाई अघि बढाउने विषमा बैठकमा छलफल हुनेछ ।

बैठकमा अन्य थप तीवटा सीमापार रेल परियोजना सुरु गर्ने, भारत सरकारले भूकम्पपछिको पुनर्निमार्णका लागि प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने परियोजनालाई अन्तिम रुप दिने लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

तपाइको मत