२२ असार, काठमाडौं । राजधानीमा सोमबारदेखि जारी नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पहिलो बैठकमा नेपाल–भारत सीमामा तारबार गरी भिसा प्रणाली लागू गर्ने विषय भारतले उठाएको बुझिएको छ ।
नेपालीले धेरै पहिलेदेखि सीमामा तारबार गरी भिसा प्रणाली लागू गर्न माग गर्दै आएको भए पनि पछिल्लो समय अमेरिकाले समेत नेपाल आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी दिइरहेका बेला भारतले खुला सीमा बन्दको प्रस्ताव अघि सारेको बुझिएको हो ।
बैठकमा सहभागी एक नेताले बताएअनुसार काठमाडौंको होटल अन्नपूर्णमा जारी बैठकमा भारतले खुला सिमानाका कारण सुरक्षा खतरा बढेको भन्दै सीमा बन्द गरी भिसा प्रणाली लागू गर्न इच्छुक देखिएको छ ।