निता पुन ९ भदौ ०७४, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नयाँ नेतृत्वको चुनावका लागि १७ वटा निर्वाचन केन्द्र तोकिएको छ ।
उपत्यका बाहिर भदौ २३ गते र उपत्यकाभित्र भने भदौ २९ देखि ३१ गतेसम्म हुने काउन्सिलको नयाँ नेतृत्वको चुनावका लागि १७ वटा निर्वाचन केन्द्र तोकिएको हो ।
एक उपाध्यक्ष र ८ सदस्यको निर्वाचनका लागि उपत्यकामा दुई र उपत्यका बाहिर १५ केन्द्र तोकिएको हो। नयाँ नेतृत्वको चुनावका लागि चार जना उपाध्यक्ष सहित २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा डा नारायण विक्रम थापा, डा पुष्पमणि खराल, डा अनिल विक्रम कार्की र डा सतिश देवले उम्मेदवारी दर्ता गराएका छन्।