नेपाल यूएईलाई हराउँदै टी–२० विश्वकपमा छनोट

१७ कार्तिक ०८०, काठमाडौं । नेपालले यूएईलाई हराउँदै टी–२० विश्वकपमा छनोट भएको छ ।

मुलपानीको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई नेपालले ८ विकेटले पराजित गरेर टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् २०१४ मा नेपालले पहिलो पटक बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।