२१ फागुन ०७५, काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो करमुक्त सम्झौतामा हस्ताक्षर भएको छ ।
बंगलादेशसँग दोहोरो कर मुक्ति सम्झौताको प्रस्ताव दुई दशक अघिदेखि नै भएपनि आज मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दुई देशका राजस्व सचिव बीच सम्झौता भएको हो । नेपालका तर्फबाट राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुशेनले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता अनुसार एक अर्को देशका लगानीकर्ताले अर्को देशमा लगानी गर्दा दुबै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।













