नेपाल विद्यार्थी संघमा गुटबन्दीको कारण झडप : इन्दु शर्मा घाइते

८ असार, मकवानपुर ।

Indu

नेपाल विद्यार्थी संघमा गुटबन्दीको कारणले ९ वर्षदेखि हुन नसकेको ‘महाधिवेशन’ महाधिवेशन नजिकँदै गर्दा अहिले विभिन्न होटलहरुका कार्यक्रम गरिरहेका छन् । आउँदो साउन २३ गतेदेखि २५ गतेसम्म महाधिवेशन मिति तोकिएको छ ।

यसै बिच बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा उपस्थित भएको बागबजारस्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा नेविसंघका कार्यकर्ताबीच हानाहान भएको छ ।

विद्यार्थीहरुबीच झगडा हुँदा झडपमा परेर नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्दु शर्मा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ ।

‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ विषयक् अन्तरक्रियामा कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने, ‘हिजो प्रजातन्त्रको लागि लड्यौं, राजतन्त्रको विरुद्व लड्यौं र नेविसंघ स्थापना गर्यौं तर आज तपाईंहरु एकआपसमा किन लडनुहुन्छ ?’

गुटबन्दीलाई अन्त्य गरौं भन्दै पौडेल बाहिर निस्कन नपाउँदै विद्यार्थीहरु बिच हानाहान भएको थियो । नेपाल विद्यार्थी संघमा ठूलो विवाद छ ।

तपाइको मत