नेपाल संवत् ११४० सुरु

१२ कार्तिक ०७६, काठमाडौं । नेपाल संवत् ११४० आजदेखि सुरु भएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

वि.सं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइता पनि २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेका थिए ।

वि.सं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मनाउने घोषणा गरेका थिए ।

तपाइको मत