नेविसंघको अध्यक्षमा नैनसिंह महर निर्वाचित

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको २०६४ सालदेखि हुन नसकेको महाधिवेशन रामचन्द्र पौडेल पक्षधर मनोजमणी आचार्यलाई ११९ मतले पराजित गर्दै अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् ।

महरले १४४७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी आचार्यले १३२८ मत पाएका छन् । यसैगरी आनन्दराज त्रिपाठीले २४८ मत पाएका छन् । अर्का उम्मेदवार शुभराम बस्नेतले ८७, नगेन्द्रसिंह ठकुरीले ६९ र बचन कार्कीले १२ मत पाएका छन् ।

यसैगरी नेविसंघको महामन्त्रीमा महर प्यानलका कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

तपाइको मत