नेविसंघद्वारा प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा

१९ माघ ०७५, काठमाडौं । नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन् ।

शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडीको चाबी लाजिम्पाटबाट नियन्त्रणमा लिएका हुन् ।

सरकारविरुद्धको आन्दोलनको सिलसिलामा संघले आज सरकारी गाडी चलाउन रोक लगाउने कार्यक्रम राखेको थियो ।

तपाइको मत