नोवल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको नाम सिफारिस

३१ जेठ ०७५, काठमाडौं । अमेरिकी राष्ट्रपति ‘डोनाल्ड ट्रम्प’को नाम नोवल शान्ति पुरस्कारका लागि  सिफारिस भएको छ ।

नर्वेका दुई  सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् । उत्तर कोरियाली नेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका उनी उपयुक्त भएको भन्दै नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सांसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले सिफारिस गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोग उनबीच सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेलामा मंगलबार ऐतिहासिक शिखर वार्ता भएको थियो ।

नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

तपाइको मत