न्याय र समानताको अनुभूति गर्न नसकेसम्म गणतन्त्रको औचित्य सिद्व हुन सक्दैन – प्रधानमन्त्री

५ भदौ ०८०, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले सामाजिक न्याय र समानताको अनुभूति गर्न नसकेसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्व हुन नसक्ने बताएका छन् ।

सोमबार कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक हक स्थापित गरिएको बताउँदै प्रधानमन्त्रीले भने, आम नागरिकले सामाजिक न्याय र समानताको अनुभूति गर्न नसकेसम्म तथा उनीहरूको जीवनमा गुणात्मक सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्व हुन सक्दैन भन्ने तथ्यमा हामी सबैले गहिरो गरी विचार गर्नैपर्दछ ।

उनले आज हामी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएको तर संवैधानिक व्यवस्थाअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउने हाम्रो आधारभूत कार्यभार अहिले पनि पूर्णरूपमा कार्यान्वयन भइसकेको पनि बताए ।