२१ माघ ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्युयोर्क र जेनेभाका लागि स्थायी प्रतिनिधि नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघको न्युयोर्क्स्थित स्थायी प्रतिनिधमा अमृतबहादुर राई र जेनेभास्थित स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराईलाई नियुक्त गरेकी हुन् ।
न्युयोर्कस्थित स्थायी प्रतिनिधिमा नियुक्त राई यसअघि दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत थिए । सरकारले उनलाई त्यहाँबाट फिर्ता बोलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएको हो भने जेनेभास्थित स्थायी प्रतिनिधि भट्टराई परराष्ट्र मन्त्रालयका सहसचिव थिए ।













