न्यूनतम पारिश्रमिक लागू नभए आन्दोलन– विष्ट

 २३ भदौ, भक्तपुर । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बिहीबार रफत सञ्चार क्लबले  आयोजना गरेको साक्षात्कार कार्याक्रममा  श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासङ्घले आन्दोलन गर्ने बताएका छन् ।

विष्टले पत्रकार बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका विषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयनतर्फ सरकारलाई तत्कालै कदम चाल्न आग्रह गरे ।

उनले सञ्चारगृहले तत्कालै न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे महासङ्घले चरणबद्ध रुपमा सञ्चारगृह केन्द्रित आन्दोलन गर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपालमा औँलामा गन्न मिल्ने सञ्चार माध्यम बाहेक अन्य सञ्चारमाध्यम आर्थिक सङ्कटमा रहेकाले मिडियालाई आर्थिक रुपमा सबल पार्न नसके समस्या नसुल्झने बताए । त्यसैगरी पत्रकारिता क्षेत्रमा युवा पुस्ताको आकर्षण बढे पनि केही वर्ष काम गरेपछि भविष्य अन्धकार देखेर यस क्षेत्रबाट पलायन हुने क्रम उत्तिकै बढेकामा चिन्ता व्यक्त गरे ।

तपाइको मत