२ पुस ०७६, काठमाडौं । श्रम तथा रोजगारको क्षेत्रमा क्रियाशील पत्रकारहरुले ‘श्रम, रोजगार पत्रकार समूह’ गठन गरेका छन् ।
बुधबार सुनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति घोषणा गरिएको हो ।
उक्त समूहको उपाध्यक्ष होम कार्की, महासचिव अशोक घिमिरे, सचिव मनोज पराजुली र कोषाध्यक्ष सीतादेवी शर्मा रहेकी छन् ।
त्यस्तै सदस्यहरु रवीन्द्र घिमिरे, गोपाल संग्रौला, चन्दनकुमार मण्डल, सञ्जिता देवकोटा, रीतु थेबे र उजीर कार्की छन् ।














