पत्रकार आचारसंहिताको पालना गर्न राष्ट्रप्रतिको आग्रह

८ पुस ०७९, सुर्खेत । राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकार आचारसंहिताको पालना गर्न आग्रह गरेकी छन् ।

राष्ट्रप्रति भण्डारीले शुक्रबार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्दै यसमा देखिएका समस्या समाधानको पहल लिन आग्रह गरेकी हुन् ।

कसैलाई ठेस पु¥याउने काम भएको छ कि छैन भन्नेमा विचार गर्नुपर्नेमा जोड दिँदै ’ उनले भनिन्, ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ, छैन ? लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ, छैन ? समाजमा कतै विकृति फैलाउँदै त छैन ?’

उनले प्रेस जगतले सूक्ष्म निगरानी राख्दै स्वच्छ तरिकाले राज्य र समाज बीचमा काम गर्नु पर्ने बताइन् ।