७ बैशाख ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा चैत्र ३० गते तालाबन्दी गरी अनिश्चिकालीन धर्नामा बसेका सप्तरीका पत्रकारहरुको माग सम्बोधन नभए पछि उनीहरुले धर्ना, आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाइरहेका छन् ।
विवाद समाधानको लागि बुधबार प्रेस काउन्सिलको भवनमा महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगरले आन्दोलनरत् पक्षसँग वार्ता र संवाद गरेको भए पनि सहमतिमा पुग्न सकेन् ।
तर, आज बिहीबार बिहान ८ बजे निकास निकाल्ने गरी छलफल गर्ने भने पनि उपाध्यक्ष अनिता विन्दुले आन्दोलनरत् पक्षलाई ११ बजे छलफल गर्ने भनेर खबर गरेको धर्नास्थलबाट एक पत्रकारले हाकाहाकीलाई जानकारी दिए ।
धर्ना बसेका पत्रकारले हाकाहाकीलाई दिएको जानकारी अनुसार महासंघ केन्द्रीय कार्यालयले भनेअनुसार आन्दोनरत पक्ष अघि नबढे प्रहरी लगाएर हटाउन सक्ने भन्दै मंगलबार आन्दोलनकारीहरुलाई महासंघका केन्द्रीय महासचिव उजिर मगरले औकातमा बस्न चेतावनी दिएपछि धर्नास्थलमै केहीबेर विवाद समेत भएको थियो तर मगरलाई पनि आफ्नो हैसियतमा रहेर कुरा गर्न भनेपछि उनले आन्दोलनरत पक्षसँग क्षमा समेत मागेका थिए ।
केन्द्रीय पदाधिकारीहरुको व्यापक उदासिनता र गैरजिम्मेवारीपनले नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा झण्डै दुई वर्षदेखिको विवाद समाधान हुन नसकेको उनीहरुको जिकिर छ ।
धर्ना बसेका पत्रकारहरु भन्छन्, ‘जिल्लाको विवाद समाधानै नगरी बैशाख ७ गतेभित्र अधिवेशन गराउनु पर्ने निर्देशन दिएपछि विवाद समाधानका लागि आफूहरु संघर्षमा उत्रिन बाध्य भएका हौं ।’
सप्तरी शाखाका पत्रकारहरुको माग यस्तो छ :
प्रेस युनियनले लगाएको ताला यसरी खुलेको थियो :
यस अघि प्रेस युनियनले फागुन २ गतेदेखि महासंघ केन्द्रीय कार्यालयमा लगाएको ताला दुई बुँदे सहमति गर्दै युनियनले सरोकार जनाएका बिषयलाई महासंघले सम्बोधन गर्दै अर्को विज्ञप्ति निकाल्ने र युनियनले ताला खोल्ने सहमति भएको थियो ।
युनियनले असन्तुष्टि जनाएका केही जिल्लाहरु नुवाकोट, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा देखिएको विवाद महासंघको सचिवालयले सहमतिका आधारमा समाधान गर्ने सहमति भएको थियो ।