पत्रपत्रिकाको पहिलो पृष्ठ, थरिथरिका उम्मेदवारदेखि भोट दिन नोट नलिन आग्रह

२१ बैशाख ०७४, काठमाडौं । आजको दैनिक पत्रपत्रिकाले आसन्न बैशाख ३१ गते हुने निर्वाचनलाई प्राथमिकतामा राखेर प्रथम पृष्ठमा समाचार प्रकाशित गरेका छन् ।

आजको गोरखापत्र दैनिकले उम्मेदवार ४४ हजार, भोट दिन नोट नलिन आग्रह, महाअभियोग प्रस्ताव आज संसदमा पेश हुने खबरलाई प्रथम पृष्ठमा स्थान दिएको छ ।

यसैगरी अन्नपूर्ण पोष्ट दैनिकले मैदानमा छोरी पुस्ता, कान्तिपुर दैनिकले महाअभियोग फिर्ता गर, टहरामै झण्डा फरर, महिला प्राय उपप्रमुखमा लगायतका शीर्ष समाचारलाई पहिलो पृष्ठमा प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।

यसैगरी नयाँ पत्रिका दैनिकले १३ हजार पदका लागि ४४ हजार उम्मेदवार, ४ वर्षमा फस्ट ट्रयाक निर्माण सक्ने प्रस्ताव, राजधानी दैनिकले ठूला दल तालमेल रणनीतिमा साथै नागरिक दैनिकले चुनावपछि संविधान संशोधन, थरिथरिका उम्मेदवार लगायतका समाचारलाई पहिलो पृष्ठमा महत्वका साथ प्रकाशित गरेका छन् ।

बैशाख ३१ गते दुई सय ८३ स्थानीय तहमा हुने पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

तपाइको मत